मन्त्री भण्डारी र एफएनसीसीआईबीच गहुँ आयातदेखि स्टार्ट अप नीति कार्यान्वयनबारे छलफल 

मन्त्री भण्डारी र एफएनसीसीआईबीच गहुँ आयातदेखि स्टार्ट अप नीति कार्यान्वयनबारे छलफल 

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • मन्त्री भण्डारी र एफएनसीसीआईबीच गहुँ आयातदेखि स्टार्ट अप नीति कार्यान्वयनबारे छलफल 

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग उद्योग व्यवसाय प्रवद्र्धनका विषयमा छलफल गरेको छ । महासंघका प्रतिनिधिले मन्त्री भण्डारीसँग भेट गरी गहुँ आयातदेखि स्टार्ट अप नीति कार्यान्वयनसम्मका विषयमा छलफल गरेको हो । 

    images
    images

    महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले मन्त्री भण्डारीसँग अस्थीर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनुु परेको बताएका छन् । 

    इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गई मुद्रास्फितिमा समेत चाप परेको तथ्य उनले जानकारी दिए । उद्योगहरूमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए ।  

    कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही बर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा समेत अध्यक्ष गोल्छाले सो अवसरमा राखे ।

    भेटवार्तामा राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयनबारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरिएको महासंघले जनाएको छ । 

    महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत सो अवसरमा महासंघकातर्फबाट आग्रह गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए । 

    महासंघले सम्माननीय प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा नया दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयकातर्फबाट आवश्यक समन्वय गरिदिन समेत सो अवसरमा आग्रह गरेको छ ।  
    गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिइयो । यसबारे भारतसँग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए ।

    भारत निर्यात गर्दा जारी हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघकातर्फबाट सो अवसरमा सुुझाव दिइएको महासंघले उल्लेख गरेको छ । 

    मन्त्रालयसँगको साझेदारीअनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख छ । सो विषयलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुु पर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ । 
    साथै, साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी, सहायता केन्द्र स्थापना गरेकाले सरकारसँगको सहकार्यका लागि आग्रह गरिएको थियो । 

    सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावलाई आफूले अगाडि बढाउने र महासंघसँग नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए । 

    मन्त्री भण्डारीले बन्द हड्ताल एवं लोडसेडिङका कारण उत्पादन बन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासनसमेत दिए । 

    यसैगरी बजेटको मध्यावधि समिक्षामार्पmत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने जानकारी पनि उनले दिए । उनले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने विश्वास पनि दिलाए । 

    साताको लोकप्रीय