उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले तरकारी 

उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले तरकारी 

अर्थ डबली
शनिवार, माघ २१ २०७९
अर्थ डबली
शनिवार, माघ २१ २०७९ (अर्काइभ बाट)
  • उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले तरकारी 

    चितवन / उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले शुक्रबार सडकमा तरकारी फालेका हुन् ।
     
     किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।
     
     संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताउनुभयो । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताउनुभयो ।  “सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि  सुनुवाइ हुन सकेको छैन”, उनले भने । 
     
     चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालल जानकारी दिनुभयो । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ । 

    images
    images

     “हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।

    साताको लोकप्रीय