उपकार लघुवित्तको साधारण सभा फागुन १८ गते, केके छन् प्रस्ताव ? 

उपकार लघुवित्तको साधारण सभा फागुन १८ गते, केके छन् प्रस्ताव ? 

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • उपकार लघुवित्तको साधारण सभा फागुन १८ गते, केके छन् प्रस्ताव ? 

    काठमाडौँ / उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    कम्पनीको माघ २२ गते साझ बसेको सञ्चानल समितिको ५७ औँ बैठकले साधारण सभा फागुन १८ गते बिहीबार गर्ने निर्णय गरेको हो । सभा बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा गर्ने कम्पनीले जनाएको छ । 

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्न लागेको हो । 

    सभाले हाल कायम चुक्ता पूँजीको ६१.८५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसकारण फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    साताको लोकप्रीय