६ महिनामा मुल्यवृद्धि ७.२६  प्रतिशत, तराईमा सबैभन्दा बढि महङ्गी 

६ महिनामा मुल्यवृद्धि ७.२६  प्रतिशत, तराईमा सबैभन्दा बढि महङ्गी 

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • ६ महिनामा मुल्यवृद्धि ७.२६  प्रतिशत, तराईमा सबैभन्दा बढि महङ्गी 

    काठमाडौँ / चालु आर्थिक वर्षको पुस मसान्तसम्म मूल्यवृद्धि ७.२६ प्रतिशत पुगेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकमा बैंकले मुद्रास्फीति ७.२६ प्रतिशतले बढेको जानकारी दिएको हो ।

    images
    images

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । 

    यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत पुगेको छ ।

    दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । 

    गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत रहेको छ ।

    विविध वस्तु तथा सेवाको महँगी ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ । 

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

    त्यस्तै, प्रतिवेदन अनुसार पुष महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८२  प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ४.४७ प्रतिशत, १३.८० प्रतिशत र ४.५० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.६७ प्रतिशत रहेको छ । 

    साताको लोकप्रीय