images
images

वाइवाइ चाउचाउ गुणस्तरहिन भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना, निरन्तर प्रयोगले क्यान्सरसम्म हुनसक्ने

वाइवाइ चाउचाउ गुणस्तरहिन भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना, निरन्तर प्रयोगले क्यान्सरसम्म हुनसक्ने

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • वाइवाइ चाउचाउ गुणस्तरहिन भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना, निरन्तर प्रयोगले क्यान्सरसम्म हुनसक्ने

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।

    images
    images

    बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको महानगरले जनाएको छ । 

    वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ । महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो ।

    गत चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल÷वाइएल २३का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । 

    यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । गत ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको जानकारी दिएको छ।

    प्रयोगशालाको रिपोर्ट आउनुअघि  स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल  प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए । 

    नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, “खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।” 

    रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil  भन्दा बढी हुनु हुँदैन । 

    waiwai1.JPG

    “खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखिन्छ सक्छ,” खाद्य प्राविधिक बस्नेतले भने ।

    चाउचाउको विक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले महानगरपालिकालाई उक्त व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिवद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी.जी. फुड नेपाल हुने पत्रमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार