कर्णाली राजमार्गः बर्सेनि जोखिमपूर्ण यात्रा गर्दै नागरिक, स्तरोन्नतिका लागि स्रोतको खोजीमा सरकार

कर्णाली राजमार्गः बर्सेनि जोखिमपूर्ण यात्रा गर्दै नागरिक, स्तरोन्नतिका लागि स्रोतको खोजीमा सरकार

अर्थ डबली
मंगलवार, माघ २४ २०७९
अर्थ डबली
मंगलवार, माघ २४ २०७९ (अर्काइभ बाट)
  • कर्णाली राजमार्गः बर्सेनि जोखिमपूर्ण यात्रा गर्दै नागरिक, स्तरोन्नतिका लागि स्रोतको खोजीमा सरकार

    सुर्खेत, भेरीगङ्गा / कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । 

    images
    images

    राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयवासीले बताएका छन् । 

    राजमार्गको स्तरोन्नति नहुँदा यात्रुलाई मात्र नभई सवारी चालक र गाडीधनीहरूलाई समेत उत्तिकै पिरोल्ने गरेको छ । 

    सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको कर्णालीवासीहरूले बताएका छन् । 

    सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बम बताउछन् । 

    “हामी वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ”, उनले भने, “कहिले धुलाम्मे, कहिले हिलाम्मे, दुर्घटनाको जोखिम पनि उस्तै छ । हामी कति दिनसम्म जोखिमको यात्रा गर्ने ?”

    कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्षरूपमा जोडेको छ । तर वर्षौंदेखि राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले बर्सेनि सास्ती खेप्नु परेको छ ।

    सुर्खेतको वीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । 

    सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका कामहरू हुँदै आएका छन् । तर राजमार्ग सुधार हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईंले भने, “ठाउँठाउँमा हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम त गरेका छौँ ।” 

    यता, सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवं प्रवक्ता शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए । “अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ”, उनले भने । 

    – रासस

    साताको लोकप्रीय