टर्की–सिरिया भुकम्पको ६ दर्दनाक दृश्यः जब एक बुवाले मृत बालकलाई अँगालो हालेर रोए... 

टर्की–सिरिया भुकम्पको ६ दर्दनाक दृश्यः जब एक बुवाले मृत बालकलाई अँगालो हालेर रोए... 

अर्थ डबली
बुधवार, माघ २५ २०७९
अर्थ डबली
बुधवार, माघ २५ २०७९ (अर्काइभ बाट)
  • टर्की–सिरिया भुकम्पको ६ दर्दनाक दृश्यः जब एक बुवाले मृत बालकलाई अँगालो हालेर रोए... 

    टर्की र सिरियामा सोमबार गएको तीनवटा ठूला भूकम्पमा परी अहिलेसम्म करिब १० हजार जनाभन्दा बढिको मृत्यु भइसकेको छ । 

    images
    images

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने बताएको छन् भने, युनिसेफका अनुसार यस त्रासदीमा हजारौं बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ ।

    यसैबीच सामाजिक सञ्जालमा थुप्रै पीडादायी कथा सार्वजनिक भइरहेका छन्। तीमध्ये केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

    टर्की–सिरिया त्रासदीका ६ दर्दनाक कथाः

    “पाँच तले भवनमा फसेकी महिलाको बच्चालाई जन्मदिएपछि मृत्यु” 

    सिरियाको एलेप्पो सहरबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । उद्धारकर्ताले भग्नावशेषको थुप्रोमुनि चित्कार गुञ्जिएको सुने। ५ तले भवनको भग्नावशेषमुनि एक आमाले एक बच्चालाई जन्म दिएको थिइन्, तर विडम्बना बच्चाको जन्मपछि उक्त महिलाको भने मृत्यु भएको बताइएको छ।

    त्यस बच्चाको भुकम्प गएको करिब १० घण्टापछि उद्दार गरिएको थियो । उद्दारकर्ताहरूले त्यो बच्चा छोरी भएको बताएका छन् । उद्दारकर्ताहरूले जब त्यस भवन नजिकै बच्चा रोएको आवाज सुने तब उनिहरूले त्यँहा उद्दारको कार्य सुरू गरेका थिए । उद्दारकर्ताहरूको अनुसार भग्नावशेषमुनि फेला परेकी यी बालिका अहिले आफ्नो परिवारको एक्ली सदस्य हुन् ।

    उद्दारकर्ताहरूले हाल उक्त नवजात शिशुलाई अस्पताल लमेको बताएक छन् । भग्नावशेषमा फसेका कारण बालिकाको शरीरमा धेरै चोटका निशान छन् । 

    undefined

    करिब १० घण्टापछि उद्दार गरिएको बच्चाको अवस्था 

    undefined

    “जब एक बुवाले मृत बालकलाई अँगालो हालेर रोए” 

    मंगलबारदेखि टर्की र सिरिया भुकम्पमा घटेको एउटा घटनाको भिडियो भाइरल भइरहेको छ । यो भिडियो सिरियाको जिन्द्रिसको हो। यस भिडियोमा एक बुबाले आफ्नो मृत बच्चालाई समातेर रोइरहेको देख्न सकिन्छ। सिरियामा गएको भूकम्पले यस नवजात शिशुको ज्यान लिएको बताइएको छ । भिडियोमा एक बुबाले आफ्नो मृत बच्चालाई कम्बलमा बेरेका छन् । उनको आँसु रोकिने नाम लिइरहेको छैन । उसले बच्चालाई लगातार चुम्बन गरिरहेका छन् । उक्त बाबुको अवस्था देखेर वरपरका मानिसहरु जम्मा भएर सान्त्वना दिन थालेका छन् । 

    पिता की हालत को देख आसपास लोग इकट्ठा हो गए और उसे दिलासा देने लगे।

    “घाइते सानो बालकको सबै परिवारको मृत्यु” 

    भूकम्पको तीव्रता रेक्टर स्केलमा मात्र नभई मानिसको जीवनमा समेत देखिएको छ। 
    सिरियामा एउटा सानो बालकको सम्पूर्ण परिवारको मृत्यु भएको छ । हाल उद्धार टोलीले उक्त बच्चालाई सुरक्षित स्थानमा भने लगेका छन् । उक्त भिडियोमा घाइते बच्चा बालुवामा सुतेको देख्न सकिन्छ। उनको हातमा एउटा पट्टी बाँधिएको छ। उनी केराको टुक्रा खाइरहेका छन्। यो दृश्य कुन स्थानको हो भन्ने खुल्न भने सकेको छैन। यस दुःखद घटनामा बालकको सम्पूर्ण परिवारको ज्यान गएको छ ।

    इस त्रासदी में बच्चे का पूरा परिवार खत्म हो गया।

    “१७ घन्टा भग्नावशेषमा दबिएका दिदि–भाइ” 

    सिरियामा एक सानो बच्ची आफ्नो भाइसँगै १७ घण्टासम्म भग्नावशेषमुनि दबिएकी थिइन् । उद्धार टोली आइपुग्दा दुवै दिदि–भाइ आत्तिएका थिए । जब उद्धार टोलीले उसलाई बचाउन पुगे तब उक्त बच्चीले भनेका छन्– ‘अंकल तपाई मलाई यहाँबाट निकालिदिनुहोस्, म तपाईको सोबक बनन तयार छु ।’ हाल यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उद्दाकर्ताहरूले अहिले दुवै बालबालिकाको उद्धार गरि सुरक्षित स्थानमा लगिसकेका छन् । यो घटना कहाँबाट जोडिएको हो भने थाहा छैन ।

    जब रेस्क्यू टीम पहुंची तो दोनों भाई-बहन घबराए हुए थे। बहन बोली- अंकल आप मुझे यहां से बाहर निकालिए, मैं आपकी सेवक बनकर रहूंगी।

    जब उद्धार टोलीले उसलाई बचाउन पुगे तब उक्त बच्चीले भनेका छन्– ‘अंकल तपाई मलाई यहाँबाट निकालिदिनुहोस्, म तपाईको सोबक बनन तयार छु ।’ 

    1.JPG

    “मृत छोरीको हात समाएर बसिरहेका एक बुबा” 

    टर्कीको कहरामनमारस शहरमा एक जना बुबा आफ्नी मृत छोरीको हात समातेर बसिरहेका छन्। बुबा मेसुत ह्यान्सरले पहिरोमा पुरिएको आफ्नी १५ वर्षीया छोरी एर्माकको हात समातेर बसिरहेका छन् । उनको छारीको भने मृत्यु भइसकेको छ । पहिलो भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी टर्कीको काहारनमारासको पजारसिक जिल्ला थियो।

    turkey earthquake.JPG

    “जब एक सानो नानिले उद्दारकर्ता संग सोधिन– मेरा ममि कता हुनुहुन्छ ?” 

    टर्कीको हाते सहरबाट पनि हृदय छुने घटना बाहिर आएको छ । उक्त घठनामा उद्दारकर्ताहरूले उद्दार गर्ने क्रममा एक ७ वर्षीय सानि नानिको उद्दा गरेका छन् । उक्त बच्ची रोइरहेकि छिन् । उद्दारकर्ताहरूले उनलाई बाहिर निकाल्ने बित्तिकै उनले उद्धार टोलीलाई सोधिन्– मेरी आमा कहाँ हुनुहुन्छ ? हालसम्म बालिकाका परिवारका सदस्यहरु भेटेको खबर भने पाएको छैन । 

    बच्ची की उम्र 7 साल है। जैसे ही उसे बाहर निकाला वह रेस्क्यू टीम के सदस्य से चिपक गई।
     
    माथि भिडियोमा देखिएको बच्चीको उमेर ७ वर्ष छ । उनलाई बाहिर निकाल्नेबित्तिकै उनी उद्धार टोलीका सदस्यसँग टाँसिएर रून थालेकि थिइन् । भुकम्पको कारण हाल उनि निकै डराएकी छिन् । 
     
    यह फुटेज सीरिया के जिंदरिस शहर का है। इमारत के मलबे से नूर नाम की एक छोटी सी बच्ची को जिंदा निकाला गया।
     
    यो भिडियो सिरियाको जिन्द्रिस सहरको हो। यस भिडियोमा भवनको भग्नावशेषबाट नूर नामकी एक बालिकालाई उद्दारकर्ताहरूले जिउँदै निकालेका छन् । 
     
    ये वीडियो भी सीरिया के जिंदरिस शहर का है। बच्चा करीब 17 घंटे से मलबे में फंसा था।। सिविल डिफेंस की टीम ने बाहर निकाला।
     
    यो भिडियो पनि सिरियाको जिन्द्रिस सहरको हो । भिडियोमा देखिएको उक्त बालक करिब १७ घण्टासम्म भग्नावशेषमा फसेको थियो ।

    साताको लोकप्रीय