टिकटकमा ट्रेन्डिङ्ग अर्नाकोे नयाँ गित

टिकटकमा ट्रेन्डिङ्ग अर्नाकोे नयाँ गित

अर्थ डबली
आइतवार, माघ २९ २०७९
अर्थ डबली
आइतवार, माघ २९ २०७९ (अर्काइभ बाट)
  • टिकटकमा ट्रेन्डिङ्ग अर्नाकोे नयाँ गित

    काठमाडौं / गीत संगीतलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ गत शुक्रबार सार्वजनिक गरेको छ । 

    images
    images

    नेपाल हिपप् रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख पुरस्कार राशीका विजेता बन्न सफल यस गीतको म्यूजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरु प्रस्तुत गरिएको छ ।

    गत आइतबारदेखि सार्वजनिक भएको गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ । गीतमा रहेको मनमोहक बीटहरूमा टिकटकरहरुको उत्साहजनक सहभागिताले यस गितलाई टिकटकको ट्रेन्डिङ्गको उचाईमा पु¥याएको कम्पनीको भनाइ छ । 

    साधारण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गीत नाच्न रमाउने सबैका लागि उपयुक्त यस गीतलाई तपाईंले अर्ना म्यूजिकको यूटूब च्यानल वा अर्ना बियरको सबै समाजिक संजालहरुमा सजिलै हेर्न सकिने कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय