वि.सं २०८० लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाइने

वि.सं २०८० लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाइने

अर्थ डबली
आइतवार, माघ २९ २०७९
अर्थ डबली
आइतवार, माघ २९ २०७९ (अर्काइभ बाट)
  • वि.सं २०८० लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाइने

    भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो ।

    images
    images

    महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । 

    छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए । 

    पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो । उनीहरूले वडामा रहेका हरेक टोल सुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका थिए । 

    कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रदै गएको अवस्थामा सुधारको आवश्यता रहेको बताए । 

    भरतपुर महानगरभित्र दुई सय ५० र जिल्लाभर छ सयभन्दा बढी होटल सञ्चालनमा छन् । जिल्लामा भएका होटललाई चलायमान बनाएर जानुपर्ने उनको भनाइ थियो ।

    भरतपुर महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए । 

    बिग्रदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उनको भनाइ छ । 

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्षका क्रममा रात्रिकालीन मनोरञ्जनका कार्यक्रम तय गरेर अघि बढाउन सके राम्रो हुने सुझाव दिए । 

    कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण वर्ष २०८० को कार्यकारी समिति सयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको स्पष्ट पारे । 

    साताको लोकप्रीय