नेपाल विद्युतीय व्यावसायी महासंघको अध्यक्षतामा देवकोटा र महासचिवमा अग्रवाल निर्वाचित 

नेपाल विद्युतीय व्यावसायी महासंघको अध्यक्षतामा देवकोटा र महासचिवमा अग्रवाल निर्वाचित 

अर्थ डबली
सोमवार, फागुन १ २०७९
अर्थ डबली
सोमवार, फागुन १ २०७९ (अर्काइभ बाट)
  • नेपाल विद्युतीय व्यावसायी महासंघको अध्यक्षतामा देवकोटा र महासचिवमा अग्रवाल निर्वाचित 

    काठमाडौँ / नेपाल विद्युतीय व्यवसायी महासङ्घको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा आयोजित सभा रेशम प्रसाद देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो । 

    images
    images

    देशभरमा २२ जिल्ला÷नगर संघहरू एवं ७५ एसोसिएट सदस्यहरू रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासङ्घको पाँचौँ महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको महासंघले जनाएको छ । 

    महाधिवेशनले रेशम प्रसाद देवकोटाको अध्यक्षतामा महासंघको छैठौँ कार्यकालका (आगामी तीन बर्षको)लागि निर्वाचित समितिको प्रथम उपाध्यक्षमा प्रेम बहादुर जि.सी., द्वीतिय उपाध्यक्ष (एसोसिएट)मा कोमल पोखरेल, तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल र कोषाध्यक्षमा प्रकाशचन्द्र पाण्डे छन् । 

    त्यस्तै, सचिव पादमा बिनोद लुइटेल, सह–कोषाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ, खुल्ला सदस्यहरूमा शंकर प्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल, चन्द्रकान्त जैसी शर्मा निर्वाचित छन् भने प्रदेश सदस्यहरूमा प्रदेश नं. १ बाट चन्द्रमणी देवकोटा, मधेस प्रदेशबाट मनोज कुमार अग्रवाल, बाग्मती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल, सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ट र एसोसिएट सदस्यहरूमा पुरुषोत्तम अधिकारी र बालकृष्ण अग्रवाल निर्वाचित छन् । 

    साताको लोकप्रीय