हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते, चुक्ता पूँजी कति ?

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते, चुक्ता पूँजी कति ?

अर्थ डबली
मंगलवार, फागुन २ २०७९
अर्थ डबली
मंगलवार, फागुन २ २०७९ (अर्काइभ बाट)
  • हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते, चुक्ता पूँजी कति ?

    काठमाडौँ / हिमालयन बैंक र सिभिल बैंक लिमिटेडएकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ ।

    images
    images

    दुवै बैंकले गत पुस २८ गते सम्पन्न  वार्षिक साधारण सभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । 

    दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् । 

    प्राप्ति पश्चात बैंकको रष्टिर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । हिमालयन बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूको सिष्टम अपग्रेसन तथा डाटा माईग्रेसनका लागि फागुन ८ गते, फागुन १० गते र फागुन ११ गते सन्ध्याकालिन काउन्टर सेवा बन्द हुनेछ ।

    साथै सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालयहरू फागुन ८ गतेदेखि ११ गतेसम्म बन्द हुने जानकारी समेत बैंकले दिएको छ । सिभिल बैंकको शाखा कार्यालयहरू फागुन ७ गते भने सुचारु हुुनेछ । एकिकृत कारोबार पश्चात् सिभिल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएकाले नजिकको सिभिल बैंकको शाखामा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।

    प्राप्ति प्रक्रिया पुरा गर्नु अघिनै दुबै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फतनै दुबै बैंकले लाभांश प्रस्ताव पारित गरेको हो ।

    यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४३ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै हिमालयन बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

    साताको लोकप्रीय