आज प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

आज प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

अर्थ डबली
बुधवार, फागुन ३ २०७९
अर्थ डबली
बुधवार, फागुन ३ २०७९ (अर्काइभ बाट)
  • आज प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

    images
    images

    बुधबार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएका छन् । 

    बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    शुक्रबार देशको पहाडी भूभागहरूमा आँशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ।

    तराईका थोरै भूभागमा बिहानी पख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । 

    साताको लोकप्रीय