लक्ष्मी लघुवित्तको वार्षिक साधारण सभा फागुन २९ गते, बुक क्लोज कहिले ?

लक्ष्मी लघुवित्तको वार्षिक साधारण सभा फागुन २९ गते, बुक क्लोज कहिले ?

अर्थ डबली
बुधवार, फागुन ३ २०७९
अर्थ डबली
बुधवार, फागुन ३ २०७९ (अर्काइभ बाट)
  • लक्ष्मी लघुवित्तको वार्षिक साधारण सभा फागुन २९ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ , 

    images
    images

    कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त सभा फागुन २९ गते गर्ने निर्णय गरेको हो ।  सभा अग्रवाल भवन कमलपोखरीमा विहान ११ बजे आयोजना गर्ने कम्पनीले जनाएको छ ।

    सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

    सभाले एघारौ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

    सभामा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्वन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई दिईएको अख्तियारीलाई निरन्तरता दिने लगायतका प्रस्तावहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

    साताको लोकप्रीय