अभियान लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी कति ?

अभियान लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी कति ?

अर्थ डबली
बिहिवार, फागुन ४ २०७९
अर्थ डबली
बिहिवार, फागुन ४ २०७९ (अर्काइभ बाट)
  • अभियान लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    images
    images

    सार्वजनिक उक्त वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    कम्पनीको नाफा बढे पनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने घटेको छ । यता गत आवमा ५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनी चालू आवमा यो आम्दानी ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।  यो हिसाबले खुद ब्याज आम्दानी पनि १८.९९ प्रतिशतले घटेको छ।

    त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि गत आवको तुलनामा चालू आवमा ७२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा २ करोड २० लाख रुपैयाँ रहेकोमा चालू आवमा ६० लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । 

    चुक्तापुँजी २५ करोड संस्थाको रिजर्भको आकार १२५।६१ प्रतिशतले बढेर ४ करोड ९७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड २० लाख रुपैयाँमा सीमित थियो। 

    समीक्षा अवधिमा संस्थाले १ अर्ब ५३ करोड रुपैयाँ सपाटी लिई २ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

    दोस्रो त्रैमासमा संस्थाको एनपीएल बढेर ३.५३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशत थियो। वार्षिकीकृत संस्थाको ईपीएस १२.३८ रुपैयाँ, पीई रेसियो ६०.३३ गुणा र प्रतिसेयर नेटवर्थ ११९५१ रुपैयाँ रहेको छ।

    साताको लोकप्रीय