बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू बजारमा, मूल्य र विशेषताहरू जान्नुहोस् 

बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू बजारमा, मूल्य र विशेषताहरू जान्नुहोस् 

अर्थ डबली
शुक्रवार, फागुन ५ २०७९
अर्थ डबली
शुक्रवार, फागुन ५ २०७९ (अर्काइभ बाट)
  • बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू बजारमा, मूल्य र विशेषताहरू जान्नुहोस् 

    काठमाडौँ / भारतको चर्चित वेरेबल ब्रान्ड बोटले नेपाली बजारमा ब्लुटुथ कलिङ स्मार्टवाचहरू सार्वजनिक गरेको छ । कम्पनीले हियरेबल र वेरेबल क्याटेगोरीतर्फ केही उत्पादनहरू थप गरेको हो । 

    images
    images

    नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरीजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएको कम्पनीको दावी छ । बोट एक्टेन्ड प्रो बलियो र सुन्दर ढङ्गले बनाइएको १.७८ इन्चको अमोलिड डि स्प्ले र ३० मि नेटको एएसएपि फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। 

    एक्टेन्ड प्रो  ब्लुटुथ कलिङलाई इन–बिल्ट स्पिकर साथ आउँछ। यसमा एक डायल प्याड रहेको छ जसमा तपाइँलाई तपाइँको स्मार्टवाचबाट १० ओटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सक्नेछन् । उक्त स्मार्टवाच उच्चस्तारीय जीवनशैलीका लागि बनाइएको छ र यसमा ७ सय एक्टिभ मोडहरू छन् । 

    वास्तविक समयमा मुटुको गति ट्र्याकिङ, सटिक एसपिओटु अनगुमन, र धेरै वाच फेसहरू र थिमहरूलाई समर्थन गर्दछ। आइपि६८ डस्ट र वाटर रेसि स्टेन्सको साथ, एक्स्टेन्ट प्रो धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको कम्पनीको दावी छ।

    १.६९ इन्चको एच डिकर्भ डिस्प्ले भएको उक्त बोट वेभ कलमा ब्लतुथकल गर्न सकिन्छ । कम्पनीका अनुसार १० दिनसम्मको ब्याट्री ब्याकअप भएको सो स्मार्टवाचमा एसपिओटु र मुटुको धड्कन पनि ट्र्याक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ । 

    त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्तहरू पनि सेभ गर्न मिल्छ । हरेक पहिरनसंग मिल्ने बोट वेभ कल १०० वाच फेसको साथ आएको छ।

    एक्टिभ नोइज क्यान्सलेसनयुक्त एयरड्रोप्स४११ एएनसीले २५ डि बि सम्मको बाहिरको वातावरणीय हल्लाहरूलाई शान्त गर्न सक्छ । 

    टु एएनएक्स इनेबल्ड माइकहरू भएको एयरड्रोप्स४११ एएनसीले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ । १७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको सो डिभाइसमा बोट सिग्नेचरयुक्त १० एमएमको ड्राइभरहरू पनि राखि एको छ । त्यस्तै, बोट ए साप चार्जमार्फत १० मि नेट मात्र चार्ज गर्दा पनि एक घण्टासम्म चलाउन सकिन्छ ।

    यी नयाँ स्मार्टवाचहरू बाहेक, नेपालकालागि बोटको नयाँ लाइनअपमा Rockerz 235 V2 (नेकब्यान्ड), Airdopes 138, Airdopes 141, Airdopes 161 र  Airdopes 181 पनि समावेश रहेका छन। बोट सिग्नेचर साउन्ड् सहित उपलब्ध यी उत्पादनहरूको बिल्ड क्वालिटी पनि अत्यन्त उत्कृष्ट त छन् नै साथै यीनीहरुको मूल्य पनि सुपथ रहेको छ ।

    सो बारेमा बोल्दै टेलीटकका कार्यकारी निर्देशक प्रतिक जलानले भने, “हामीले नेपाली बजारमा बोटका उत्पादनहरूको लागि उच्च माग देखेका छौँ । त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसनयुक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङयुक्त बोट स्मार्टवाचहरू नेपालमा ल्याएका छौंँ । अहिले बजारमा सबै भन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँँ उत्पादनहरूले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन् ।” 

    बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरू नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध रहेका छन् । बोट एक्स्टेन्ट प्रो भारतीय रुपैयाँ ७ हजार ४९९ रुपैयाँ, बोट वेभ कल ४ हजार रुपैयाँ ९९९ रुपैयाँ, एयरड्रोप ४११ एएनसी ५ हजार २९९ रुपैयाँ, रोककेर्ज २३५ भिटु (नेकब्यान्ड) २ हजार २९९ रुपैयाँ, एयरड्रोप १३८ र एयरड्रोप १४१ को २ हजार ९९९ रुपैयाँ,  एयरड्रोप १६१ को २ हजार ८९९ रुपैयाँ  एयरड्रोप १८१ को ३ हजार ९९ रुपैयाँ पर्नेछ । 

    साताको लोकप्रीय