ज्योति विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्तावसहित यस्ता छन् एजेन्डा

ज्योति विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्तावसहित यस्ता छन् एजेन्डा

अर्थ डबली
आइतवार, फागुन ७ २०७९
अर्थ डबली
आइतवार, फागुन ७ २०७९ (अर्काइभ बाट)
  • ज्योति विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्तावसहित यस्ता छन् एजेन्डा

    काठमाडौँ / ज्योति विकास बैंकले बार्षिक साधारण सभा फागुन १४ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    बैंकको संचालक समितिको बैठकले बार्षिक साधारण सभा फागुन १४ गते गर्ने निर्णय गरेको हो । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ । 

    साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३५ बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

    आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 
     
    सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

    सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि बुक क्लोज गरेको छ । माघ २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    साताको लोकप्रीय