नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

अर्थ डबली
सोमवार, फागुन ८ २०७९
अर्थ डबली
सोमवार, फागुन ८ २०७९ (अर्काइभ बाट)
  • नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तिन कम्पनीको शेयर मुल्उ समायोजन भएको छ । नेप्सेमा ङादी ग्रूप पावर, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको हो । 

    images
    images

    यी तीन कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । फागुन ९ गते सार्वजनिक बिदाका कारण फागुन ८ गतेसम्म कायम शेयरधनी यी कम्पनीको लाभांश पाउन योग्य छन् । 

    ङादी ग्रूप पावरको सोमवार कायम अन्तिम शेयर मूल्य २७६ रूपैँयाको आधारमा प्रस्तावित ४.७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले २६३.४८ रूपैँया तोकेको छ । 

    1n.JPG

    त्यस्तै स्वावलम्बन लघुवित्तको सोमवार कायम अन्तिम शेयर मूल्य १ हजार १३० रुपैयाँको आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयरपछिको मूल्य ९८२ रुपैयाँ ६१ पैसा तोकेको छ ।

    1s.JPG

    कर्पोरेट डेभलपमेन्ट बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य ३२६ रुपैयाँको आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य ३१० रुपैयाँ ४८ पैसा तोकेको छ ।

    1c.JPG

    यही मूल्यको आधारमा यी तीन कम्पनीको शेयर बुधबार कारोबारमा आउनेछ ।

    साताको लोकप्रीय