पश्चिमी वायुको प्रभावः यी क्षेत्रमा बर्षा र हिमपातको सम्भावना 

पश्चिमी वायुको प्रभावः यी क्षेत्रमा बर्षा र हिमपातको सम्भावना 

अर्थ डबली
मंगलवार, फागुन ९ २०७९
अर्थ डबली
मंगलवार, फागुन ९ २०७९ (अर्काइभ बाट)
  • पश्चिमी वायुको प्रभावः यी क्षेत्रमा बर्षा र हिमपातको सम्भावना 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली  रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

    images
    images

    आज मंगलबार प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसमविद्ले जनाएको छ । 

    प्रदेश नं १ का पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 
    भोलि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभाग र अन्य क्षेत्रमा पनि बदलीको सम्भावना भएको मासैविद्ले जानकारी दिएका छन् । 

    प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    मौसमविद्काअनुसार बिहीबार देशका पहाडी क्षेत्रमा बदली हुने र प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

     
     

    साताको लोकप्रीय