नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अब क्यूआरबाटै भुक्तानी गर्न मिल्ने 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अब क्यूआरबाटै भुक्तानी गर्न मिल्ने 

अर्थ डबली
सोमवार, फागुन १५ २०७९
अर्थ डबली
सोमवार, फागुन १५ २०७९ (अर्काइभ बाट)
  • नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अब क्यूआरबाटै भुक्तानी गर्न मिल्ने 

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अब क्यूआरबाटै भुक्तानी गर्न सकिने भएको छ । आकर्षक बोनसदर सहित विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफले आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री बनाउन यस्तो सुविधा ल्याएको हो । 

    images
    images

    कम्पनीले ग्राहकहरूलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीको सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था/इसेवाको माध्यमबाट डायनामिक क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

     कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको उपस्थितीमा नेशनल लाइफ इन्स्योरेन्सको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक शुरुवात गरिएको छ । यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरूले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।

    साताको लोकप्रीय