नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन, कुन–कुन कम्पनीको भयो ?

नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन, कुन–कुन कम्पनीको भयो ?

अर्थ डबली
बिहिवार, फागुन २५ २०७९
अर्थ डबली
बिहिवार, फागुन २५ २०७९ (अर्काइभ बाट)
  • नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन, कुन–कुन कम्पनीको भयो ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।  

    images
    images

    नेप्सेले साना किासान विकास लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।

    नेप्सेले साना किसान विकास लघुवित्तको  बिहीवार अन्तिम कायम शेयर मूल्य १ हजार ११९ रूपैँयाको आधारमा २६ प्रतिशत बोनस शेयरपछिको मूल्य ८८८.१० रूपैँया तोकेको छ ।

    त्यस्तै नेप्सेले साल्ट ट्रेडिङको  अन्तिम कायम शेयर मूल्य ४ हजार ३३५ रूपैँयाको आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य ३ हजार ९४०.९१ रूपैँया तोकेको छ ।

    साग्रिला डेभलपमेन्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य ३३८ रूपैँयाको आधारमा ८ दशमलव ५३४ प्रतिशत बोनस शेयरपछिको मूल्य ३११.४२ रूपैँया तोकेको छ । 

    त्यसैगरी नेप्सेले आशा लघुवित्तको  बिहीवार कायम अन्तिम शेयर मूल्य ८६० रूपैँयाको आधारमा १४.२८५७ प्रतिशत बोनस शेयरपछिको मूल्य ७५२.५० रूपैँया तोकेको छ ।  

    यही मूल्यको आधारमा यी चार ओटै कम्पनीको शेयर आइतवार कारोबारमा आउनेछ । यी चार ओटै कम्पनीका आज अर्थात फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य छन् । 

    साताको लोकप्रीय