सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको बिहिबारबाट एकीकृत कारोबार हुँदै, सेयर कारोबार रोक्का

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको बिहिबारबाट एकीकृत कारोबार हुँदै, सेयर कारोबार रोक्का

अर्थ डबली
बुधवार, चैत ८ २०७९
अर्थ डबली
बुधवार, चैत ८ २०७९ (अर्काइभ बाट)
  • सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको बिहिबारबाट एकीकृत कारोबार हुँदै, सेयर कारोबार रोक्का

    काठमाडौँ / सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर भोली बिहीबार (चैत ९ गते) बाट एकीकृत कारोबार सुरु हुने भएको छ । 

    images
    images

    यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् । एकीकृत कारोबार सुरु हुने भएसंगै भोलि अर्थात् चैत ९ गतेदेखि १५ दिन कम्पनीको शेयर कारोबार रोक्का हुने भएको हो ।  

    नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशनअनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको शेयर बिहीवारदेखि रोक्का हुने भएको हो । 

    मर्जरपश्चात् बन्ने कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर रहने जानकारी दिइएको छ ।

    साताको लोकप्रीय