अब डिसहोम टिभीमा ‘आइपीएल क्रिकेट २०२३’ हेर्न सकिने

अब डिसहोम टिभीमा ‘आइपीएल क्रिकेट २०२३’ हेर्न सकिने

अर्थ डबली
शुक्रवार, चैत १७ २०७९
अर्थ डबली
शुक्रवार, चैत १७ २०७९ (अर्काइभ बाट)
  • अब डिसहोम टिभीमा ‘आइपीएल क्रिकेट २०२३’  हेर्न सकिने

    काठमाडौँ / पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको छ । 

    images
    images

    नेपालको पहिलो प्रिमियम आईपी टिभी डिएच, आइटिभी, डिटीएच र टीटु भन्दा फरक प्रविधी इन्टरनेट प्रोटोकल बेस भएको कारण यो आइपी टिभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आइपीएल एचडी क्वालिटीमा हेर्न सकिन्छ । 

    यस्तै अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने डिस होमले जनाएको छ ।

    लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियलसंगै अन्य सेवा प्रदायकमा उपलव्ध नभएको च्यानल, नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याच अप, टिभि स्टाटृओभर, युट्युव, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ ।

    इन्टरनेट प्रोटोकल नेटवर्क मार्फत टेलिभिजन सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिएच फाइबरनेट जडान गरि नेपालको पहिलो प्रिमियम आईपी टिभी डिएच आइटिभीमा हेर्न सकिन्छ ।

    ग्राहकहरुले डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने छ भन्ने कम्पनीले विश्वास लिएको छ ।

    साताको लोकप्रीय