कृषि ज्ञान केन्द्र रोल्पाले भुक्तानी नदिएपछि कृषक आन्दोलित 

कृषि ज्ञान केन्द्र रोल्पाले भुक्तानी नदिएपछि कृषक आन्दोलित 

अर्थ डबली
मंगलवार, चैत २८ २०७९
अर्थ डबली
मंगलवार, चैत २८ २०७९ (अर्काइभ बाट)
  • कृषि ज्ञान केन्द्र रोल्पाले भुक्तानी नदिएपछि कृषक आन्दोलित 

    रोल्पा / रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । 

    images
    images

    आर्थिक वर्ष २०७८/७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो । 

    लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि सङ्घीय सरकारले रु एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन् । 

    “चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ”, आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताइन् । कृषकले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत १२ ब्लकको र छ प्राङ्गारिक प्रवर्द्धन कार्यक्रमको रकम पाउन बाँकी छ ।

    कृषकको रकम भुक्तानीका लागि आफूहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रक्रियामा उदासिनता देखाउँदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । 

    “सङ्घीय सरकारको कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री आधुनिक कृषि परियोजनालगायतका विभिन्न निकायमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन”, उनले भने। 

    आफूहरूको मागप्रति राजनीतिक दल पनि उदासिन रहेको कृषकको गुनासो छ । कृषि ज्ञान केन्द्रमा लामो समयदेखि कार्यालय प्रमुख छैनन् । 

    तत्कालीन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणि त्रिपाठीसमेत कार्यालयमा अनुपस्थित भएपछि कार्यालय प्रमुखविहीन बनेको हो । 

    साताको लोकप्रीय