फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो अब ? 

फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो अब ? 

अर्थ डबली
मंगलवार, चैत २८ २०७९
अर्थ डबली
मंगलवार, चैत २८ २०७९ (अर्काइभ बाट)
  • फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो अब ? 

    काठमाडौँ / आज मङ्गलबार सुनचाँदीको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज मङ्गलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँ बढेको हो ।

    images
    images

    छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर आज १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसैगरी यसअघि प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने आज बढेर १ हजार ४ सय ३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    साताको लोकप्रीय