नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभा आजदेखि, कोको छन् प्रतिस्पर्धामा ?

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभा आजदेखि, कोको छन् प्रतिस्पर्धामा ?

अर्थ डबली
मंगलवार, चैत २८ २०७९
अर्थ डबली
मंगलवार, चैत २८ २०७९ (अर्काइभ बाट)
  • नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभा आजदेखि, कोको छन् प्रतिस्पर्धामा ?

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभा आज मङ्गलबारदेखि सुरु भएको छ । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । यसै सभाबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् । 

    images
    images

    महासङ्घको विधानमा अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका व्यक्ति आगामी कार्यकाल स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार ढकाल अध्यक्ष बन्ने भएका हुन् । 

    महासङ्घका अनुसार साधारणसभामा वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार बिहान ८ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।

    महासङ्घको चुनावमा १ जना वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन् । यसकारण वरिष्ठ उपाध्यक्षको चयनलाई चासोका लिइएको छ । त्यस्तै, ३ उपाध्यक्षका लागि ८ जना र ५८ सदस्यका लागि १०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

     वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ एवम् पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । 

    वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने महासङ्घको विधानमा उल्लेख छ । यदी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणको मतदान हुनेछ । दोस्रो चरणको मतदानमा भने सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार मात्रै भिड्न पाउनेछन् । 

    वरिष्ठ उपाध्यक्ष बाहेकका अन्य उम्मेदवारको हकमा भने यो व्यवस्था लागू हुनेछ । धेरै मत ल्याउने व्यक्ति नै निर्वाचित हुने निर्वाचन प्रणाली लागू हुनेछ । 
    वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तीनै जनाको छुट्टाछुट्टै प्यानल छन् । तीनओटै प्यानलबिच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।  

    वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघाईको प्यानलमा जिल्ला–नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । 

    पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला–नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उमेदवार छन् । 
    उपाध्यक्ष श्रेष्ठ अहिले पनि सोही जिम्मेवारीमा छन् । 

    त्यस्तै, वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहमा जिल्ला–नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानले प्रतिस्पर्धा गर्नेछन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैले एशोसिएट उपाध्यक्षमा भरतराज आचार्यलाई उम्मेदवार बनाएका छन् । 

    साताको लोकप्रीय