अर्थतन्त्रमा आएको सुधारको प्रभाव सेयर बजारमा, नेप्से २७ अङ्कले बढ्दा ९४ करोडको व्यापार 

अर्थतन्त्रमा आएको सुधारको प्रभाव सेयर बजारमा, नेप्से २७ अङ्कले बढ्दा ९४ करोडको व्यापार 

अर्थ डबली
मंगलवार, चैत २८ २०७९
अर्थ डबली
मंगलवार, चैत २८ २०७९ (अर्काइभ बाट)
  • अर्थतन्त्रमा आएको सुधारको प्रभाव सेयर बजारमा, नेप्से २७ अङ्कले बढ्दा ९४ करोडको व्यापार 

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले अर्थतन्त्रमा सुधार आएको तथ्याङ्क सार्वजनिक गरेकै दिन आज मङ्गलबार सेयर बजारमा दोहोरो अङ्गको सुधार आएको छ । यो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७.३१ अङ्कले बढेर एक हजार ८ सय ७१.३३ अंकमा उक्लिएको हो ।

    images
    images

    आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७ सय २० कित्ता सेयर ३५ हजार २ सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । 

    सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक १३९.९१ र जीवन बिमा समूहको उपसूचक ८६.१० अंकले बढेको छ । बैङ्किङ समूह १६.७७, विकास बैङ्क समूह ७९.१८, वित्त समूह ३७.४८, होटल तथा पर्यटन समूह ५३.२२ र जलविद्युत् समूह ३७.९४ अंकले बढेको छ ।
     
    त्यस्तै, लगानी समूह ०.७६, लघुवित्त समूह ४९.७५, म्युचुअल फन्ड समूह ०.१६, निर्जीवन बिमा समूह ६२.९२, अन्य समूह १७.४६ र व्यापार समूह २१.९८ अङ्कले बढेको छ ।

    पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ ।

     असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ३.५४ प्रतिशतले घटेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ७ करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । 

    कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको एक लाख ८७ हजार ५ सय ९४ कित्ता सेयर किनबेच भएको छ ।

    साताको लोकप्रीय