काठमाडौँमा नर्भिकको प्रभातफेरि, एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा

काठमाडौँमा नर्भिकको प्रभातफेरि, एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा

अर्थ डबली
आइतवार, बैशाख ३ २०८०
अर्थ डबली
आइतवार, बैशाख ३ २०८० (अर्काइभ बाट)
  • काठमाडौँमा नर्भिकको प्रभातफेरि, एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा

    काठमाडौँ / थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज (आइतबार) काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।

    images
    images

    नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो ।

    प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

    नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । भोलि(सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ ।

    यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ ।

    यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ ।वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाण्डौभित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ ।

    साताको लोकप्रीय