मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा विशेष अफर

मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा विशेष अफर

अर्थ डबली
बुधवार, बैशाख ६ २०८०
अर्थ डबली
बुधवार, बैशाख ६ २०८० (अर्काइभ बाट)
  • मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा विशेष अफर

    काठमाडौँ / प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप सञ्चालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशुल्क वार्षिक शुल्क तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।

    images
    images

    ‘माया स्वरूप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ यो अफर वैशाख महिना सम्म सञ्चालनमा रहने छ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशुल्क वार्षिक शुल्क तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत छुट पाउन सक्नुहुनेछ ।

    ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख रुपैयाँमा ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

    क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । 

    ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

    साताको लोकप्रीय