मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

अर्थ डबली
बिहिवार, बैशाख २१ २०८०
अर्थ डबली
बिहिवार, बैशाख २१ २०८० (अर्काइभ बाट)
  • मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीको ७६ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

    images
    images

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुलाई निष्खकाशन गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी काषे र कर्मचारीहरु सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २० हजार कित्ता सहित सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज तोकिदिएको छ । त्यस अनुसार आइतबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले (एमएकेएआर) कारोबार संकेत प्रदान गरेको छ ।

    साताको लोकप्रीय