नक्कली भुटानी शरणार्थी प्रकरणपछि तीन शीर्ष नेताहरु लगातार भेटिरहनुले आशंका जन्माएको छः प्रकाश स्नेही 

नक्कली भुटानी शरणार्थी प्रकरणपछि तीन शीर्ष नेताहरु लगातार भेटिरहनुले आशंका जन्माएको छः प्रकाश स्नेही 

अर्थ डबली
शुक्रवार, जेठ ५ २०८०
अर्थ डबली
शुक्रवार, जेठ ५ २०८० (अर्काइभ बाट)
  • नक्कली भुटानी शरणार्थी प्रकरणपछि तीन शीर्ष नेताहरु लगातार भेटिरहनुले आशंका जन्माएको छः प्रकाश स्नेही 

    काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाश स्नेहीले राजनीतिक दल र नेताहरुको अलोकप्रिय कामका कारण जनतामा निराशा पैदा भएको बताएका छन् । 

    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता स्नेहीले जनतामा आशा र भरोसा पैदा गराउनका लागि राजनीतिक दलसँगै नेताहरु पनि लोकप्रिय हुन जरुरी रहेको बताएका हुन् । 

    ‘दलहरु पनि अलोकप्रिय र दलको नेतृत्व गर्ने नेताहरु पनि अलोकप्रिय भए भने त्यो व्यवस्था नै अलोकप्रिय हुँदै जान्छ । जनतामा निराशा पैदा हुन्छ,’– क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने । 

    भ्रष्टाचार निर्मूल पार्नका निम्ति संवैधानिक आयोगहरुलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए । साथै, सबै दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकतासमेत उनले औंल्याएका छन् ।  

    ‘कतिपय घट्नाक्रममा नेपालका राजनीतिक नेतृत्वलाई चोख्याउने र कर्मचारीलाई सजाय दिने कामहरु पनि भएका छन् । भ्रष्टाचार निर्मूल गर्नका निम्ती राष्ट्रिय सहमति कायम गर्न पर्छ, संवैधानिक निकायलाई बलियो बनाउनुपर्छ । तिनलाई स्वायत्त बनाउनुपर्छ । पार्टीको सिफारिस भन्दा पनि अझै तिनलाई बलियो बनाउनका निम्ती ऐन संशोधन गर्नुपर्छ भन्ने मान्यता हो,’– उनले भने । 

    नक्कली भुटानी शरणर्थी प्रकरणलाई प्रभावित पार्न खोज्ने पार्टी र नेता जनताको नजरबाट गिर्ने उनको भनाई छ । फरक विचार र सिद्धान्तकै आधारमा पानी बाराबारको व्यवहार गर्ने शीर्ष तीन नेताहरुको दैनिकजसो भेटघाटले आशंका जन्माएको उनको भनाई छ । 

    ‘पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फरक विचार राख्ने पार्टी, फरक विचार राख्ने नेताहरु चाहे प्रचण्डसँग भनौं चाहे शेरबहादुर देउवासँग, उहाँ एकदमै पानी बाराबारको असहिष्णुता देखाउनुहुन्थ्यो । पछिल्लोपटक उहाँहरुको भेटघाटले एकदमै तीब्रता पाएको छ ।’ उनले भने, हिजोअस्ती नभेट्ने आज चाहिँ दैनिकजस्तो भेटघाट गर्ने अवस्था सिर्जना भएपछि त भोलि कँही न कँही त्यो कुरा पुष्टि हुने कुरा आयो भने उहाँहरुले जवाफ दिनुपर्छ ।’ 

    तीन शीर्ष नेताहरुको भेट नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउने भन्दा अर्को प्रसंगमा भए आफूहरुले सकारात्क रुपमा लिनपर्ने उनको भनाई छ । तीनै जना नेताहरु भ्रष्टाचार शुत्र हो भन्ने संकल्पका साथ राष्ट्रिय सहमतिमा जान आवश्यक रहेको स्नेहीले बताए । 

    भ्रष्टाचारलाई निमूल पार्नका लागि संवैधानिक आयोगहरुलाई स्वायत्त बनाउन पर्ने उनले बताए । भ्रष्टाचारबाट मुक्त नेपाल बनाउनका लागि  संयुक्त युवा विद्यार्थी संगठन सडकमा आउन आवश्यक रहेको उनको भनाई छ । हिजोका आन्दोलनहरुमा युवा विद्यार्थी संगठनहरुले खेलेको भूमिका स्मरण गर्दै उनले फेरि एकपटक दलभन्दा माथि उठेर सबै विद्यार्थी संगठन एकजुट हुने बेला आएको बताए । 

    ‘हिजो हामीजे जसरी सात राजनीतिक विद्यार्थी संगठन भनेर आन्दोलन गर्यौं,  युवाहरुमा पनि हामीले तरुण दल, युवा संघ, वाइसिएललगायत सबै संगठनले परिवर्तनका निम्ति, गणतन्त्र र संघीयता ल्याउनका निम्ति र प्रतिगमनलाई परास्त पार्नका निम्ति हामी एक ठाउँमा आयौं ।’ उनले भने,‘आजपनि हामीलाई त्यो चिजको अपरिहार्यता छ । संयुक्त विद्यार्थी आन्दोलनको आजपनि अपरिहार्यता छ । संयुक्त युवाहरुको आज पनि आवश्यकता छ ।’ 
    भ्रष्टाचार निर्मूल भएको खण्डमामात्रै अहिलेको शासन प्रणाली, गणतन्त्र, संघीयता र परिवर्तनलाई रक्षा गर्न सकिने उनको दाबी छ । ‘भ्रष्टाचार निर्मूल गर्यौं भनेमात्रै हामीले ल्याएको शासन प्रणाली, हामीले ल्याएको व्यवस्था, गणतन्त्र, संघीयता, परिवर्तनलाई हामी संस्थागत गर्नसक्छौं,’–उनले भने । 

    बालकृष्ण खाँण लगायत भ्रष्टाचारको आरोप लागेका नेताहरुलाई निलम्बन गर्ने विषयमा केन्द्ीय समिति र कार्यसम्पादन समितिको बैठक बसेर आधिकारिक निर्णय गर्ने उनको भनाई छ । अन्य पार्टीहरु वान म्यान लिडरसीपमा चलेको उनले बताए । स्नेहीले एमाले, रास्वपा र माओवादी पार्टीलाई वान म्यान लिडरसीप भएको पार्टीको रुपमा चित्रण गरे । 

    नेपाली कांग्रेसमा पार्टीको समितिहरुमा छलफल पछिमात्रै निर्णय हुने उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पार्टीका सदस्यहरुलाई बचाउने आफूहरु लागि नपर्ने उनको भनाई छ । भ्रष्टाचार छानविनका लागि सरकारलाई सहयोग गर्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको पनि उनले बताए । 

    ‘हाम्रो पार्टीको सुन्दरता के हो भने जस्तो अहिले प्रचण्ड, केपी ओली, रवि लामिछानेको पार्टी वान म्यान लिडरसीप सेनाको व्यारेक चलाएजस्तो छ,’– उनले भने ।

    साताको लोकप्रीय