निजी क्षेत्रमा कर्जा लगानी घट्यो, बैङ्किग कारोबार गर्ने बढे

निजी क्षेत्रमा कर्जा लगानी घट्यो, बैङ्किग कारोबार गर्ने बढे

अर्थ डबली
आइतवार, जेठ १४ २०८०
अर्थ डबली
आइतवार, जेठ १४ २०८० (अर्काइभ बाट)
  • निजी क्षेत्रमा कर्जा लगानी घट्यो, बैङ्किग कारोबार गर्ने बढे

    काठमाडौँ / निजी क्षेत्रमा कर्जा लगानी घटेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले निजी क्षेत्रतर्फको कर्जाको विस्तार ४.६ प्रतिशतले मात्रै बढेको तथ्याङ्क देखाएको हो ।

    images
    images

    कोभिड–१९ को प्रभाव न्यून भएसँगै आर्थिक वर्ष २०७७/७८ मा २६.३ प्रतिशतले बढेको निजी क्षेत्रतर्फको कर्जा आर्थिक वर्ष २०७८/७९ मा १३.३ प्रतिशतले वृद्धि भएको थियो भने आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ४.६ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

    मर्जर तथा प्राप्तिका कारण बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएता पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको सर्वेक्षणमा भनिएको छ ।

    बैंकहरूको शाखा विस्तारसँगै बैङ्किङ्ग कारोबार गर्ने जनसङ्ख्या पनि उल्लेख्य बढेको तथ्याङ्कले जनाएकोे छ । २०७९ फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता ४ करोड ९२ लाख ५ हजार, कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैङ्किङ्ग प्रयोगकर्ता २ करोड ६५ हजार र इन्टरनेट बैङ्किङ्ग सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएका छन् ।

    २०७९ फागुनमा लघुवित्त समेत बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ६ सय २९ पुगेको छ । बैङ्क तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसङ्ख्या २ हजार ५१० रहेको छ । यस्तो जनसङ्ख्या २०७८ फागुनमा २ हजार ५७२ रहेको थियो । 

    साताको लोकप्रीय