सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ५४ अब बजारमा, मूल्य कति ? 

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ५४ अब बजारमा, मूल्य कति ? 

अर्थ डबली
बुधवार, जेठ २४ २०८०
अर्थ डबली
बुधवार, जेठ २४ २०८० (अर्काइभ बाट)
  • सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ५४ अब बजारमा, मूल्य कति ? 

    काठमाडौँ / सामसङले  हाइ–रेन्जको नयाँ ग्यालेक्सी एफ५४ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस, ग्यालेक्सीको प्रिमियम डिजाइनको नयाँ स्मार्टफोनमा बजारमा ल्याएको हो । 

    images
    images

    ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरूले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी -याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ । 

    यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एड्भान्स क्यामेराको अनुभव पाउनेछन् ।

    सो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू खिच्न सक्ने कम्पनीको दावी छ । 

    ग्यालेक्सी एपÞm५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटो खिच्न सकिने, यसको अगाडि रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिने कम्पनीले बताएको छ । 

    कम्पनीका अनुसार अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ टिकाउ रहेको र उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको छ । २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ । त्यस्तै, ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्षसम्मको ग्यारेन्टिड सुरक्षा अपडेट पनि पाइनेछ । 

    यसमा रहेको ‘भ्वाइस फोकस’ले आसपासको आवाजहरुलाई कम गर्छ र भ्वाइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरूमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ ।

    ग्यालेक्सी एपÞm५४ २ आकर्षक सिल्भर र निलो  रङहरूमा उपलब्ध छ । यसको ८+२५६ जीबी भेरियन्टलाई ५२ हजार ४९९ रुपैयाँ मूल्य पर्ने कम्पनीले जनाएको छ । यो मोडल देशभरका सबै शोरुमहरूमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

    साताको लोकप्रीय