नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, भोलिदेखि कारोबार सुरु हुने 

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, भोलिदेखि कारोबार सुरु हुने 

अर्थ डबली
बुधवार, जेठ २४ २०८०
अर्थ डबली
बुधवार, जेठ २४ २०८० (अर्काइभ बाट)
  • नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, भोलिदेखि कारोबार सुरु हुने 

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबार जेठ २४ गते दुई कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा आज दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर सूचिकृत भएको हो ।

    images
    images

    दोल्ती पावर कम्पनीको ५३ लाख ६४ हजार ८६० कित्ता र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५४ लाख ४० हजार ५३४ कित्ता साधारण शेयर आज सूचिकृत भएको हो ।

    भुगोल इनर्जीले सर्वसाधारण, स्थानीय बासिन्दा, वैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरू र सामूहिक लगानी कोषको लागि निष्काशन गरेको कुल १६ लाख ३२ हजार १६० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३८ लाख ८ हजार ३७४ कित्ता गरी कुल ५४ लाख ४० हजार ५३४ कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

    कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले ६७ रुपैयाँ ६३ पैसादेखि २०२ रुपैया ८९ पैसासम्मको ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । शेयर सूचिकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटलमार्फत हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीको स्टक सिम्बोल बीईडीसी रहेको छ ।

    त्यस्तै, दोल्ती पावरले पनि सर्वसाधारण, स्थानीय बासिन्दा, वैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरू र सामूहिक लगानी कोषको लागि निष्काशन गरेको कुल १६ लाख ९ हजार ४५८ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३७ लाख ५५ हजार ४०२ कित्ता गरी कुल ५३ लाख ६४ हजार ८६० कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

    कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले ८७ रुपैयाँदेखि २६१ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । 

    त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटलमार्फत हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै कम्पनीको स्टक सिम्बोल डीओएलटीआई रहेको छ ।

    अब यी दुवै कम्पनीको शेयर भोलि बिहीवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

    साताको लोकप्रीय