सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा के–के समेटिए ? (पूर्णपाठसहित)

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा के–के समेटिए ? (पूर्णपाठसहित)

अर्थ डबली
बिहिवार, जेठ २५ २०८०
अर्थ डबली
बिहिवार, जेठ २५ २०८० (अर्काइभ बाट)
  • सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा के–के समेटिए ? (पूर्णपाठसहित)

    काठमाडौँ / सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    images
    images

    सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै  प्रदेश प्रमुख जोशीले प्रथम पञ्चवर्षीय योजनाको विकाससम्बन्धी रणनीति प्राथमिकता, क्षेत्रगत रणनीति र कार्यनीतिका आधारमा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकास कार्यक्रम तर्जुमा गरिने जानकारी दिए ।

    प्रदेश सरकारले कृर्षिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ । 

    यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशको आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

    प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । 

    यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    साताको लोकप्रीय