नर्भिकले आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्दै, ब्रेन ट्यूमरका केशहरुमा विशेष प्राथमिकता

नर्भिकले आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्दै, ब्रेन ट्यूमरका केशहरुमा विशेष प्राथमिकता

अर्थ डबली
बिहिवार, जेठ २५ २०८०
अर्थ डबली
बिहिवार, जेठ २५ २०८० (अर्काइभ बाट)
  • नर्भिकले आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्दै, ब्रेन ट्यूमरका केशहरुमा विशेष प्राथमिकता

    काठमाडौँ / वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । 

    images
    images

    नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिवार(जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो । 

    नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । 

    नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ । 

    साताको लोकप्रीय