नबिल बैङ्क र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता, ग्राहकहरूलाई छुट सुविधा 

नबिल बैङ्क र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता, ग्राहकहरूलाई छुट सुविधा 

अर्थ डबली
शुक्रवार, जेठ २६ २०८०
अर्थ डबली
शुक्रवार, जेठ २६ २०८० (अर्काइभ बाट)
  • नबिल बैङ्क र ल्याण्डमार्क होटलबिच छुटको लागि सम्झौता, ग्राहकहरूलाई छुट सुविधा 

    काठमाडौँ / नबिल बैङ्कले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूको सुबिधालाई ध्यानमा राखेर बैङ्कले होटलसँग उक्त सम्झौता गरेको हो । 

    images
    images

    सो सम्झौता अन्तर्गत नबिल बैङ्कका ग्राहकहरूले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरूले नबिल बैङ्कको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । हालसम्म नबिल बैङ्कले २५५ शाखामार्फत बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    साताको लोकप्रीय