१० महिनामा विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले बढ्यो,  ११ महिनाको आयात धान्न पुग्ने

१० महिनामा विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले बढ्यो,  ११ महिनाको आयात धान्न पुग्ने

अर्थ डबली
शुक्रवार, जेठ २६ २०८०
अर्थ डबली
शुक्रवार, जेठ २६ २०८० (अर्काइभ बाट)
  • १० महिनामा विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले बढ्यो,  ११ महिनाको आयात धान्न पुग्ने

    काठमाडौँ / चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति १५ अर्ब भन्दा बढि पुगेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्षको वैशाख मसान्तसम्मको वित्तीय विवरण अनुसार कूल विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको जनाएको हो । 

    images
    images

    यस्तो सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड अमेरिकी डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ । २०७९ असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा २०.९ प्रतिशतले सञ्चिति बढेको हो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० वैशाख मसान्तमा ०।२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

    आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जनाएको छ । 

    २०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

    साताको लोकप्रीय