उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

अर्थ डबली
आइतवार, जेठ २८ २०८०
अर्थ डबली
आइतवार, जेठ २८ २०८० (अर्काइभ बाट)
  • उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

    काठमाडौँ / उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आजदेखि आफ्नो ३८ हजार ९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

    images
    images

    कम्पनीले असार ३ गतेसम्म आवेदन दिन सकिने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । उल्लेखित शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले कम्पनीको शेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७५५ रुपैयाँ रहेको छ ।

    साताको लोकप्रीय