उपत्यकासहित १६ जिल्लामा फैलियो दादुरा, एक हजार ३ जनामा सङ्क्रमण पुष्टि

उपत्यकासहित १६ जिल्लामा फैलियो दादुरा, एक हजार ३ जनामा सङ्क्रमण पुष्टि

अर्थ डबली
आइतवार, जेठ २८ २०८०
अर्थ डबली
आइतवार, जेठ २८ २०८० (अर्काइभ बाट)
  • उपत्यकासहित १६ जिल्लामा फैलियो दादुरा, एक हजार ३ जनामा सङ्क्रमण पुष्टि

    काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशका १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । 

    images
    images

    आर्थिक बर्ष २०७९/०८० मा हालसम्म काठमाडौँ, मोरङ्ग, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, कपिलवस्तु, अर्घखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरासहित १६ जिल्लामा दादुरा संक्रमण फैलिएको हो । 

    परिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुसयता शनिबार (हिजो)सम्म १६ जिल्लामा कुल एक हजार ३ दादुराका बिरामी भोटिएका छन् भने नेपालगन्ज–बाँकेमा एक जनाएको मृत्यु भएको छ । 

    यो अवधिमा बाँकेमा मात्र ३२९ बालबालिका संक्रमित भएका छन् । काठमाडौंमा चार, महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषामा २३, कपिलवस्तुमा २३, बाजुरामा १८ र अर्घाखाँचीमा ११ बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमित हुनेमा नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिका छन् ।

    काठमाडौंमा भने गोकर्णेश्वर नगरपालिका–९ मा चार बालबालिकामा दादुरा पुष्टि भएको हो । उनीहरू एउटै विद्यालयका विद्यार्थी हुन् ।

    दादुरा ‘आउटब्रेक’ भएपछि सरकारले यही जेठ २५ गतेदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइरहेको छ ।

    साताको लोकप्रीय