प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता, इलेक्ट्रिक भेहिकल किन्नलाई कर्जा दिने

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता, इलेक्ट्रिक भेहिकल किन्नलाई कर्जा दिने

अर्थ डबली
बुधवार, जेठ ३१ २०८०
अर्थ डबली
बुधवार, जेठ ३१ २०८० (अर्काइभ बाट)
  • प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता, इलेक्ट्रिक भेहिकल किन्नलाई कर्जा दिने

    काठमाडौँ / प्रभु बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडबिच इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता भएको छ । बैंक र लक्ष्मी कन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो । 

    images
    images

    बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टलबिच सम्पन्न उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहक महानुभावहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

    हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

    साताको लोकप्रीय