प्यारासुट स्किनप्योर फेसवासले ल्यायो घाम र प्रदूषणसँग लड्न ब्राइटेनिंग गोटमिल्क फेसवास 

प्यारासुट स्किनप्योर फेसवासले ल्यायो घाम र प्रदूषणसँग लड्न ब्राइटेनिंग गोटमिल्क फेसवास 

अर्थ डबली
बिहिवार, जेठ ३२ २०८०
अर्थ डबली
बिहिवार, जेठ ३२ २०८० (अर्काइभ बाट)
  • प्यारासुट स्किनप्योर फेसवासले ल्यायो घाम र प्रदूषणसँग लड्न ब्राइटेनिंग गोटमिल्क फेसवास 

    काठमाडौँ / स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवासले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाससहित आफ्नो पछिल्लो अभियान सुरु गरेको छ । 

    images
    images

    वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पुर्याउन सक्ने हानिकारक प्रभावहरूको बारेमा र यी चुनौतीहरूसँग लड्न शक्तिशाली समाधान प्रदान गर्न सर्वसाधारणलाई सचेत गराउने लक्ष्यसहित कम्पनीले उक्त फेसवास ल्याएको हो । 

    ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्रीसँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ । 

    आजको द्रुत संसारमा हाम्रो छालाले निरन्तर विभिन्न अप्ठ्याराहरूको सामना गरिरहेको छ जसले यसलाई सुस्त, थकित र प्राकृतिक चमकरहित बनाउन सक्छ । प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने खालको हेरचाह उपलब्ध गराउँछ ।

    बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि जानिन्छ । अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित छ । प्यारासुट स्किनप्योरले फेसवाश बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरेको छ ।

    प्यारासुट स्किनप्योर फेसवास अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनी मारिको लिमिटेड अन्तर्गत छाला हेरचाह श्रेणीको ब्रान्ड हो । यो फेसवास चिल्लोपना नियन्त्रणका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ एलोभेरा फेसवाश, चमकका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश र एन्टी पिम्पलका लागि प्यारासुट स्किनप्योर ब्राइटनिङ ओरेन्ज फेसवास गरी  तीन विभिन्न प्रकारमा उपलब्ध छ । 

    साताको लोकप्रीय