ईसेवा मनि ट्रान्स्फरले गर्यो बिजेता श्रेष्ठलाई घर हस्तान्तरण 

ईसेवा मनि ट्रान्स्फरले गर्यो बिजेता श्रेष्ठलाई घर हस्तान्तरण 

अर्थ डबली
बिहिवार, असार ७ २०८०
अर्थ डबली
बिहिवार, असार ७ २०८० (अर्काइभ बाट)
  • ईसेवा मनि ट्रान्स्फरले गर्यो बिजेता श्रेष्ठलाई घर हस्तान्तरण 

    काठमाडौँ / ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । ईसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा आयोजित समारोहमा विजेता श्रेष्ठलाई उक्त घर हस्तान्तरण गरेको हो ।

    images
    images

    ईसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा कार्यरत श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए । ईसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे । 

    कार्यक्रममा उनले भने, “नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु ।” 

    ईसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । 

    डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौँमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।  

    ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो । 

    कार्यक्रममा बोल्दै ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारको रूपमा सपनाको घर जितेका श्रेष्ठ र उनको परिवारलाई बधाई दिँदै भने, “हामीले जुन उद्देश्यका  साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको  उत्साहजनक सहभागिता रह्यो । 

    आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।”

    एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले पनि यो अभियानप्रति खुसी व्यक्त गर्दै डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे बताए । उनले आप्रवासीहरुको यात्रा, विदेशिएका नेपालीहरूका लागि सहयोग तथा सम्मानका विषयमा आफ्नो धारणा राखे । 

    हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामु पौडेलले रेमिट्यान्स आप्रवाहमा नेपालजस्ता मुलुकमा आर्थिक समृद्धिको लागि औपचारिक रेमिट्यान्सको महत्त्वमा जोड दिए । 

    उनले रेमिट्यान्सले कसरी राष्ट्रको विकासमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्छ र आप्रवासीहरूले गरेको बहुमूल्य प्रयासलाई स्वीकार गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता दर्शाए।

    बम्पर पुरस्कार विजेता श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरे । आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको बताए ।

    उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनि ट्रान्स्फरलाई हार्दिक धन्यवाद व्यक्त गर्दै योजना मा संलग्‍न सबैलाई धन्यवाद दिए।

    इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैङ्क तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । 

    इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

    सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो । 

    साताको लोकप्रीय