फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो

अर्थ डबली
शुक्रवार, असार ८ २०८०
अर्थ डबली
शुक्रवार, असार ८ २०८० (अर्काइभ बाट)
  • फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो

    मनिला / फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गरेका छन् ।  

    images
    images

    यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २१.८ प्रतिशत बराबरको बजेटले महामारीको असर र मुद्रास्फीतिको असरलाई सम्बोधन गर्न आर्थिक र सामाजिक रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता झल्काउने बजेट मन्त्री अमेनाह पाङ्गन्डमानले बताएका छन्।

    पूर्वाधार परियोजना, मानव पुँजी विकास र दिगो कृषि तथा खाद्य सुरक्षामा लगानी गर्न तयार  रहेको उनले बताएका छन् ।

    पाङ्गन्डमानले बजेट घाटालाई जीडीपीको ३ प्रतिशतमा ल्याउने र सन् २०२८ सम्ममा गरिबी दरलाई एकल अङ्कमा घटाउने सरकारको लक्ष्यतर्फको “अपरिहार्य कदम“ भएको  पनि उद्घोष गरेका छन् ।

    सरकारले प्रस्तावित बजेट विधेयक बन्नुअघि थप छलफलका लागि कांग्रेसमा पेस गर्ने पनि उनले बताएका छन् । 

    साताको लोकप्रीय