विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट 

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट 

अर्थ डबली
आइतवार, असार १० २०८०
अर्थ डबली
आइतवार, असार १० २०८० (अर्काइभ बाट)
  • विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट 

    विराटनगर / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

    images
    images

    महानगरपालिकाको १२ औं अधिवेशनमा उप-प्रमुख शिल्पा निराला कार्कीले आइतबार आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी छन्। 

    स्रोत सुनिश्चितताको आधारमा आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा केही सानो ल्याइएको छ। चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो। 

    उक्त बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु. ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ रु. १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ रु. ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु. ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ रु. १३ करोड ६७ लाख र शिक्षा तर्फ रु। ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु. ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ रु। २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    महानगरले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि र. ३८ करोड, नगर स्तरीय आयोजनाका लागि रु. २० करोड, बहु वर्षीय तथा गौरवका आयोजना एवं कर्मागत योजनाको भुक्तानीका लागि रु ६५ करोड, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भार रु. १० करोड, सडक बत्ती तर्फ रु। १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ रु. २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र रु. २ करोड ६५ लाख र समपूरक कोषका लागि रु. २ करोड विनियोजन गरेको छ ।

    जुन खर्चको लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु. १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ रु. ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ रु. ८० करोड २४ लाख ३७ हजार आम्दानी हुने महानगरको अनुमान छ। महानगरले आन्तरिक आय तर्फ रु. ९९ करोड ५० लाख, जनसहभागिता तर्फ रु. १० करोड, आन्तरिक ऋण तर्फ रु. १० करोड, अन्य सङ्घसंस्था तर्फ रु. ३ करोड र नगद मौज्दात बापत रु. २ करोड आय हुने अनुमान गरेको छ ।

    महानगरले चालु आवमा डेढ अर्बभन्दा बढी आन्तरिक राजस्वको लक्ष्य राखे पनि एक अर्बसमेत नभेट्ने देखिएको छ। चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा महानगरले आन्तरिक राजस्वबाट ५१ करोड ६६ लाख मात्र संकलन गरेको छ।

    कार्कीले महानगरले आगामी आवमा वित्तीय समानीकरण अनुदानबाट ३७ करोड २६ लाख, संघीय सरकारबाट ३४ करोड ८६ लाख, प्रदेश सरकारबाट २ करोड ४० लाख ८८ हजार र बाँडफाँडबाट ८० करोड २४ लाख प्राप्त गर्ने उल्लेख गरिन्।

    नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट विराटनगर महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य नतिजा हासिल हुने उपप्रमुख निरालाको विश्वास छ ।

    उनले महानगरको आर्थिक विकासका लागि अत्यावश्यक विशेष आर्थिक क्षेत्र, प्रादेशिक बसपार्क, हवाई मैदानको विस्तार, रिङरोडको निर्माण, बाईपास सडक, रंगशाला र संग्रहालयजस्ता आन्तरिक स्रोतबाट सञ्चालन गर्न नसकिने योजनाहरू सहयोगी र साझेदार संस्थाको सहयोगमा कार्यान्वयनमा ल्याइने स्पष्ट पारिन्।   

    साताको लोकप्रीय