संसदमा प्रधानमन्त्री प्रचण्ड– प्रधानमन्त्री निवास नै निल्न खोज्ने अभियुक्तहरु पक्राउ पर्न थाले (पूर्णपाठसहित)  

संसदमा प्रधानमन्त्री प्रचण्ड– प्रधानमन्त्री निवास नै निल्न खोज्ने अभियुक्तहरु पक्राउ पर्न थाले (पूर्णपाठसहित)  

अर्थ डबली
बुधवार, असार १३ २०८०
अर्थ डबली
बुधवार, असार १३ २०८० (अर्काइभ बाट)
  • संसदमा प्रधानमन्त्री प्रचण्ड– प्रधानमन्त्री निवास नै निल्न खोज्ने अभियुक्तहरु पक्राउ पर्न थाले (पूर्णपाठसहित)  

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र सुद्धिकरणपनि सुरु भएको बताएका छन् । 

    images
    images

    प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको पनि बताए। 

    ‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ। संसद र आमजनसमुदायलाई म यही रोस्टमबाट विश्वास दिलाउँछु, यो शुद्धीकरण अब रोकिने छैन,’ उनले भने।

    प्रधानमन्त्री प्रचण्डले भने– ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारवाही सुरु भइसकेको छ । बर्षौदेखिको बिकृतिको यो डङ्गुर सफाई गर्ने यो सुशासनको लडाँईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आशा गरेको छु ।’

    उनले पछिल्ला हरेक वर्षदेखि किसानले समयमा मल नपाउने समस्या रहेको बताउँदै यो वर्ष साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आयात सुनिश्चित भएको बताए । यसमा १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा बिक्रि पनि भइसकेको दावी गरे । 

    आगामी आर्थिक वर्षमा समयमै मल ल्याउनका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । यस्तै नेपालमै रायायनिक मल उत्पादन गर्नका लागि लगानी बोर्डले अध्ययन गर्न थालेको बताए । यस्तै मेलम्ची खानेपानी आयोजना मर्मत संभार गरी १२ महिना नै खानेपानी वितरणको व्यवस्था मिलाइएको बताए ।

    उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको बताए। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको पनि बताए।

    ‘वर्षौंदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ। बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काइछाडिनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ,’ उनले भने।

    यस्तो छ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठक गरेको सम्बोधनको पूर्णपाठ :

    साताको लोकप्रीय