तीन ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

तीन ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

अर्थ डबली
आइतवार, असार १७ २०८०
अर्थ डबली
आइतवार, असार १७ २०८० (अर्काइभ बाट)
  • तीन ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ । 

    images
    images

    लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    भोलि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी  प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मङ्गलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    साताको लोकप्रीय