प्रतिनिधिसभा बैठक आज ३ बजे बस्ने, केके छ कार्यसूचीमा 

प्रतिनिधिसभा बैठक आज ३ बजे बस्ने, केके छ कार्यसूचीमा 

अर्थ डबली
बुधवार, असार २० २०८०
अर्थ डबली
बुधवार, असार २० २०८० (अर्काइभ बाट)
  • प्रतिनिधिसभा बैठक आज ३ बजे बस्ने, केके छ कार्यसूचीमा 

    काठमाडौँ / प्रतिनिधिसभा बैठक आज दिउँसो बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । 

    images
    images

    आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ने‘पाल विश्वविद्यालय विधेयक २०८०’ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । 

    सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । 

    सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    Pratinidhi shava.JPG

    साताको लोकप्रीय