सचेत गराउँदै प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सचेत गराउँदै प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

अर्थ डबली
सोमवार, साउन ८ २०८०
अर्थ डबली
सोमवार, साउन ८ २०८० (अर्काइभ बाट)
  • सचेत गराउँदै प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । 

    images
    images

    नेप्सेले आज सोमबार कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीको शेयर कारोबारमा आएको छ । 

    गत साउन ४ गते नेप्सेले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको र सो सम्बन्धी निर्णय नेप्सेमा जानकारी समयमा नै नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गरी
    ३ दिने स्पष्टीकरण माग गरेको थियो ।

    त्यसको जवाफमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुने वा नहुने अन्योल रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको छ ।

    धितोपत्र सूचिकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका सर्तहरुको अक्षरशः पालना गर्ने प्रतिबद्धता गर्दै कारोबार फुकुवा गर्न माग गरेकाले नेप्सेले कारोबार फुकुवा गरिदिएको हो ।

    गत असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो । तर, कम्पनीले नेप्सेमा साउन ४ गते उक्त निर्णयको जानकारीसहितको पत्र पठाएको थियो । 

    कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । कम्पनीले त्यस्तो सूचना समयमै जानकारी नगराएपछि नेप्लेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो ।

    साताको लोकप्रीय