सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

अर्थ डबली
मंगलवार, साउन १६ २०८०
अर्थ डबली
मंगलवार, साउन १६ २०८० (अर्काइभ बाट)
  • सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित होटल चितवन तथा बागबजार, काठमाडौँ स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । 

    images
    images

    उक्त सम्झौतापत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र  मोबाइल  बैंकिङ्ग ग्राहकहरूले  होटल चितवनमा २५ प्रतिशत  र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशत सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख  भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    साताको लोकप्रीय