प्राइम कमर्सियल बैंकको कामु सीइओमा संजिव मानन्धर

प्राइम कमर्सियल बैंकको कामु सीइओमा संजिव मानन्धर

अर्थ डबली
बुधवार, साउन १७ २०८०
अर्थ डबली
बुधवार, साउन १७ २०८० (अर्काइभ बाट)
  • प्राइम कमर्सियल बैंकको कामु सीइओमा संजिव मानन्धर

    काठमाडौँ / प्राइम कमर्सियल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संजिव मानन्धरलाई दिएको छ । बैंकले आज साउन १७ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरले पाएका हुन् ।

    images
    images

    बैंकका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरलाई दिएको हो । 

    बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रुपमा व्यवस्थपकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल समाप्त भएकाले आजदेखि लागु हुने गरि बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धरलाई नियुक्त गरेको हो । 

    संजीव मानन्धर स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए । कायममुकायम प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गर्नु भएका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् । 

    अवकाशप्राप्त नारायणदास मानन्धर विगत १६ वर्षदेखि यस बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिंदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पु¥याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राखे । 

    साताको लोकप्रीय